लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अफगानिस्तानमा खटिएका एक अमेरिकी सैनिकले १६ जनाको हत्या गरेका छन् । उनले सर्वसाधारणको घरमा प्रवेश गरी हत्या गरेका हुन् । अधिकारीहरुका अनुसार उज्यालो हुनु अघिनै शिविर छाडेका ती सैनिकले कान्दाहर प्रान्तमा भएको दुई घरमा छिरी अन्धाधुन्दा गोली चलाएका थिए । गोली हान्दा महिलाका साथै बालबालिकासमेत मारिएका हुन् । घटना पछि स्थानीयले पन्जवाइ जिल्लास्थित सैनिक शिविरनजिकै विरोध प्रदर्शन गरेका छन् । अमेरिकी दूतावासले उक्त क्षेत्रको भ्रमण नगर्न आफ्ना नागरिकहरुलाई सल्लाह दिएको छ । अमेरिकाले आक्रमण गर्ने सैनिकको नाम अहिलेसम्म सार्वजनिक गरेको छैन । उनी स्टाफ सर्जन भएको विश्वास गरिएको छ । स्थानीय समय अनुसार हतियारसहित बिहान तीन बजे शिविर छाडेर ती सैनिक एक्लै नजिकैको गाउँ तर्फ हिँडेका थिए । प्रान्तीय सरकारका एउटा प्रतिनिधि मण्डल घटनाबारे बुझ्न गाउँ गएको प्रान्तीय प्रमुखका प्रवक्ताले बताएका छन् । घटनाअघि मानसिक तनावमा देखिएका ती सैनिकले आक्रमणपछि सेनासमक्ष आत्मसमर्पण गरेका छन् ।
No comments:
Post a Comment