News

Mar 10, 2012

सबै विद्यालय ठप्प, जिल्लास्तरिय परिक्षा भएन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
फाल्गुन २८ - शिक्षकको हड्तालका कारण ७५ लाख भन्दा बढि बिद्यार्थी आइतबारदेखि पढ्नबाट बञ्चित भएका छन् । शिक्षक सगठनहरुले बिभिन्न माग राखेर सबै निजी र सार्वजनिक सबै बिद्यालयहरु बन्द गराएपछि जिल्ला परीक्षा तथा एसएलसीको तयारीमा रहेको बिद्यार्थी मर्कामा परेका छन् । शिक्षकले सबै बिद्यालय ठप्प पारेपछि आइतवार दिउँसो शिक्षक प्रतिनिधिहरुलाई सभामुख सुवासचन्द्र नेम्वाङसँग वार्ताको लागि शिक्षा मन्त्री दीनानाथ शर्माले समय मिलाएका छन् । शिक्षा ऐनको संशोधन सरकारले पारित गरेर संसद्‍मा दर्ता गराइसकेको तथा त्यसलेसमेत समस्याहरु सम्बोधन नगरेको भन्दै शिक्षकले हड्ताल गरेपछि समाधान खोज्नका लागि सभामुखसँग छलफलको समय मिलाइएको स्रोतले बतायो । शिक्षकहरुले अस्थायीलाई स्थायी गर्नुपर्ने, राहत दरवन्दीका शिक्षकलाई पूर्णकालीन बनाउनुपर्ने, प्रिप्राइमरी स्कूलमा पढाउने स्वयंसेवीको तलव बढाउनु पर्ने, बिद्यालय कर्मचारीको ब्यवस्था गर्नुपर्नेलगायतका माग राखेका छन् । आफ्ना मागहरु सम्बोधन नभएको भन्दै शिक्षक संगठनहरुको आह्वानमा करिव ३३ सय निजी तथा आठ हजार सार्वजनिक बिद्यालय आइतबारदेखि अनिश्चितकालसम्मका लागि बन्द गरिएका हुन् । धनकुटाबाट रमेशचन्द्र अधिकारीले जनाए अनुसार विभिन्न पेशागत तथा शैक्षिक माग राख्दै शिक्ष्रकहरुले धनकुटाका सबै मावि तथा उच्च मावि बन्द गराएका छन् । अस्थायीलाई स्थायी गरिनु पर्ने, शिक्षक काउन्सिलको व्यवस्था गर्न, नयां शिक्षाको प्रारुप गरिनु पर्ने, पेशागत मागको सुनुवाई गर्न लगायतका माग राख्दै आन्दोलनरत संयुक्त जनआन्दोलन परिचालन समितिमा आवद्ध शिक्षकहरुले बन्द आब्हान गरेका हुन् । शिक्षक युनियन, नेपाल शैक्षिक गणतान्त्रिक मञ्च, संघ संगठन आन्दोलनमा रहेका छन् । चरणबद्ध आन्दोलनको सरकारले बेवास्था गरिएको भन्दै आइतवार बिहानैदेखि जिल्लाका सम्पूर्ण मावि र उच्चमावि बन्द गरिएका छन् । बन्दका कारण जिल्लाका एक सय बढी विद्यालयमा सञ्चालित आठ कक्षाको परीक्षा प्रभावित भएको छ भने अन्य तहको नजिकी रहेको वार्षिक परीक्षा समेत प्रभावित हुने भएको छ । पेशागत ३५ र शैक्षिक १२ वटा माग राख्दै चरणबद्ध आन्दोलनमा उत्रिएको शिक्षक युनियनका अध्यक्ष गोपाल भट्टराईले बताए ।

No comments: