News

Mar 15, 2012

एमालेले नेताहरुलाई विदेश जान रोक्ने संसदीय दलको निर्णय

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चैत २ - एमाले संसदीय दलको बैठकले सेना समायोजन विशेष समिति, संविधान सभाको संवैधानिक समिति र त्यसअन्तर्गतको विवाद समाधान उपसमितिका सदस्य रहेका पार्टीका नेताहरु विदेश नजाने प्रस्ताव पारित गरेको छ। नेताहरुलाई विदेश नजान यामलाल कडेलले प्रस्ताव राखेका थिए। अरु दलले जे गरेपनि कम्तिमा एमालेका सभासदहरु विदेश नजाने प्रस्तावलाई सर्वसम्मतले पास गरेका हुन्। एमाले संसदीय दलको बैठक अहिले जारी छ। बैठकमा संविधान निर्माण र शान्ति प्रकृया कसरी अगाडि बढाउनेभन्नेबारे एमालेका सांसदहरुले आफ्नो विचार राखिरहेका छन्। नेताहरु स्विटजरल्यान्ड जाने तय भइसकेपछि त्यसको आलोचना हुँदै आएको थियो। एमालेबाट ईश्‍वर पोखरेल, प्रदीप ज्ञवाली, भीम रावललगायतका नेता विदेश जाने तयारीमा थिए। अर्थ मन्त्री वर्षमान पुन विदेशमा छन् भने कृष्णबहादुर महरा, जनार्दन शर्मा, खिमलाल देवकोटालगायतका माओवादी नेताहरु, कङ्ग्रेसका प्रकाशमान सिंह,विमलेन्द्र निधिलगायतका नेता पनि स्विटजरल्यान्ड जाने तयारीमा छन्। एमाले संसदीय दलले नेताहरुलाई रोक्ने निर्णय गरे पनि माओवादी र कङ्ग्रेसले अहिलेसम्म कुनै निर्णय गरेको छैन।

No comments: