News

Mar 14, 2012

विष्फोटमा मारिएकाको आफन्तद्वारा राजमार्ग अवरुद्ध

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चैत्र २ - बबरमहल बम विष्फोटमा मारिएका परिवारको आफन्तजनले राहतको माग गर्दै धादिङको बैरेनीमा बिहीबार बिहान एक घण्टा पृथ्वी राजमार्ग अवरुद्ध गरेका छन् । राजमार्ग अवरुद्ध हुँदै काठमाडौंबाट बाहिरिने र भित्रिने ठूलो संख्यामा सवारी साधनहरु धादिङमा रोकिएको थियो । विहान ८ देखि दुई घण्टाका लागि राजमार्ग अवरुद्ध गर्ने भनिएपनि यात्रुहरुको आग्रहमा बन्द छोट्याइएको थियो । माग पुरा नभएर भोलिदेखि पुनः राजमार्ग बन्द गरिने स्थानीयले जनाएका छन् । फागुन १५ गते राजधानीको बबरमहलमा नेपाल आयल निगम अगाडि भएको विष्फोटमा धादिङका दुई जनाको निधन भएको थिया । घट्नालगतै गृहमन्त्री विजय गच्छदारले मृतक परिवारलाई सरकारले राहत प्रदान गर्ने घोषणा गरेपनि कार्यान्वयन भएको छैन । बैरेनी-६ का ७० वर्षीय मानबहादुर तामाङ र ३४ वर्षीय कृष्ण तामाङको मृत्यु भएको थियो । राजमार्ग अवरुद्ध हुँदा कुरिनटार तर्फ जान लागेका सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र श्रेष्ठ सहित सुरक्षाकर्मीको टोली पनि बैरनीमा रोकिएको थियो ।

No comments: