News

Mar 17, 2012

स्व.दिल बहादुर लिम्बुको चौथो श्रद्धान्जली सभा सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सन् २०१२ मार्च १७ तारीख शनिबारका दिन हंगकंग नेपाली महासंघ हंगकंग र लुम्फङा समाज हङकङको तत्वधानमा स्व.दिल बहादुर लिम्बुको चौथो श्रद्धान्जली सभा हुमान्तिनको डाडामा सम्पन्न गर्यो । बिगत ४ बर्ष अगाडी हङकङका प्रहरी जवानले निर्दोष दिल बहादुर लिम्बुलार्इ टाउकोमा गोली प्रहार गरी हत्या गरेका थिए । तर हार्इकोर्टव्दारा उक्त हत्यालार्इ कानुन सम्मत भनेर कानुनको उपहास गरेको छ । यहाँका मानव अधिकारकर्मी र नेपालीहरुले सख्त विरोध गरीरहेका छन् । हाल उनको विधवा श्रीमति सोनी रार्इ लिम्वु र छोरी तान्छोमा लिम्बु उक्त मुद्धा खेप्दै हङकङ बसोबास गरीरहेका छन् । अहिले अन्तिम मुद्धा दायर गर्नको लागि सरकारी लेगल एड प्राप्त भएको छ । विधवा श्रीमति सोनी रार्इ लिम्वु र छोरी तान्छोमा लिम्बु लार्इ हङकङमा स्थायी बसोबास गराउँन हंगकंग नेपाली महासंघ हंगकंग र लुम्फङा समाज हङकङ लागि परेको छ । आजको श्रद्धान्जली सभामा टंक सम्वाहाम्फे,प्रदीप थापा,हेम लिम्बु,दासुराम पराजुली आदीले बोल्नु भएको थियो ।

No comments: