News

Mar 14, 2012

बोक्सीको आरोपमा बन्चरो प्रहार गरी हत्या

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
समाजमा बढ्दो बिकृति र अन्धविश्वासले गोरखामा फेरी एक ५८ वर्षीया बृद्वा गोठे सर्कीलाई उनकै काकाका छोरा ४० वर्षी कालेभनेर बोलाइने हिराबहादुर सार्कीले बन्चरोले हानेर मारेका छन् । इलाका प्रहरी कार्यालय आरुघाटका प्रहरी निरीक्षक पुष्पराज मल्लका अनुसार ज्वरो आएर बिस्तरामा सुतिरहेका गोठे सार्कीलाई एक्कासी निधारमा बन्चरो प्रहार गरी हत्या गरिएको थियो ।उनका अनुसार सिधै निधारमा हानिएको सो बन्चरोले एघार इन्च तलसम्म गहिरो चोट बनाएको थियो । यसैगरी निज हिराबहादुर सार्कीले गोठे र उनकी श्रीमतीलाई पटक-पटक बोक्सा-बोक्सीको आरोप लगाउँदै कालेले झगडा गर्ने र मारिदिन्छु भन्ने गरेको र पटक-पटक गाउँमा मानिसलाई भेला गरेर बोक्सीको आरोप लगाएको मृतक गोठे सार्कीका जेठा छोरा मंगलले बताए । हत्या गरेपछि जंगलतिर भागेका काले सार्कीलाई प्रहरीले ३ घण्टा पछि जंगलमै पक्रेका थिए । गाउँमा कोही नभएको मौका छोपी तुरुन्तै आवेष्मा आएर हत्या गरेको हुन सक्ने प्रहरीले बताएका छन् ।मृतक गोठेका ६० वर्षीय श्रीमती र दुई छोरा रहेका छन ।

No comments: