News

Mar 10, 2012

चीनले साइवर युद्धको तयारी गरिरहेको अमेरिकी आरोप

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चीनले साइवर युद्धको तयारी गरिरहेको भन्दै अमेरिकी कंग्रेसले सतर्क गराएको छ । अमेरिकी कंग्रेसको नर्थरोप ग्रुमेन आयोगले तयार पारेको रिपोर्टले चीन साइवर युद्धका लागि तयारी गरिरहेको खुलासा गरेको हो । संकट आउने वित्तिकै चीनले गर्न सक्ने साइवर युद्धको क्षमता अमेरिकी सेनाका लागि ठूलो खतरा हुन सक्ने उल्लेख छ । नर्थरोप ग्रुमेन आयोगले दोस्रो पटक प्रकाशित गरेको यस्तो रिपोर्टमा शत्रुको कम्प्युटरमा नियन्त्रण राख्नका लागि संवेदनशील सूचना युद्ध यन्त्र पनि चीनले विकसित गरिरहेको जनाइएको छ । रिपोर्टमा ताइवानसँग टकरावको स्थितिमा अमेरिकी कम्प्युटर प्रणालीमा चीनले आक्रमण गर्न सक्ने भनिएको छ । चिनियाँ सैन्य अधिकारीहरु एक दशकभन्दा बढी समयदेखि साइवर स्पेसमा युद्धको चर्चा गरिरहेको तर पछिल्ला वर्षमा भने सैन्य अभ्यासका क्रममा परिक्षण आक्रमण गर्ने स्थितिमा आइसकेको रिपोर्टमा जनाइएको छ । चिनियाँ सेनाले सन् २०१० मा एउटा अभ्यास पनि गरिसकेको रिपोर्टमा दावी गरिएको छ ।

No comments: