News

Mar 17, 2012

दाहाल पुत्रलाई २ करोड दिएकोमा चक्काजाम

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालका पुत्र प्रकाशलाई सगरमाथा आरोहणका लागि सरकारले २ करोड रुपियाँ उपलब्ध गराउन लागेको विरोधमा राजधानीका सबैजसो क्याम्पस अगाडि विद्यार्थीहरुले चक्का जाम गराएका छन्। उनीहरुले प्रधान मन्त्री बाबुराम भट्टराईको पुत्लासमेत जलाएका छन्। भट्टराईको सरकारले दाहाललाई २ करोड रुपियाँ दिने मन्त्रिपरिषदबाट निर्णय गराएको थियो। सबै दलले प्रधान मन्त्रीको निर्णयको विरोध जनाएका छन्।

No comments: