News

Mar 14, 2012

थारुवानद्वारा कैलाली-कञ्चनपुर बन्द

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
धनगढी, चैत १- थारुवट राज्यलाई टुक्र्याउन नहुने भन्दै संयुक्त थारु संघर्ष समितिले बुधवार गरेको बन्दले कैलाली-कञ्चनपुरको जनजीवन प्रभावित भएको छ। एकिकृत माओवादी निकट थारुवान मुक्तीमोर्चा,नेकपा एमाले निकट नेपाल लोकतान्त्रिक थारु संघ,थारु युवामंच, थारु महिला मञ्च लगायतका संस्था रहेको संयुत्त, संघर्ष समतिले थारुवानको पहिचान समाप्त गर्न खोजेको भन्दै बुधवार कैलाली र कञ्चनपुर बन्द गरेको हो। बन्दले यतायात, शिक्षणसंस्था, उद्योग, ब्यपारिक प्रतिष्ठान बन्द रहेका छन। लामो तथा छोटो दुरीका सवारीसाधन नचल्दा बिभिन्न ठाउँमा जाने यात्रु धनगढी वसपार्कमा अलपत्र परेका छन। बिभिन्न शिक्षण संस्था बन्द हुदाँ वालवालिकाको पठनपाठन प्रभावित बनेको छ। अखण्ड सुदुरपश्चिम हुनुपर्छ भनेर थारुहरुको पहिचान नै समाप्त पार्न खोजेको भन्दै बिरोधमा संयुक्त थारु संघर्ष समितीले बुधवार कैलाली र कंचनपुर बन्द गरेको नेपाल लोकतान्त्रिक थारु संघका उपाध्यक्ष तथा कैलालीका सभासद नारदमुनी रानाले बताए। तीन ठुला दलका थारु भातृसंगठन लगायत ११ संस्थाले बन्द गरेको उनले बताए।अखण्ड सुदुरपश्चिम हुनुपर्छ र हुनहुदैन भन्नेमा बिभाजित भएर यस क्षेत्रका वासिन्दा बिरोधमा उत्रेका छन। यो नारामा तीन ठुला दलका यस क्षेत्रका नेता र कार्यकर्ता पनि बिभाजित बनेका छन्। नेकपा एमाले, नेपाली काग्रेसका नेता र माओवादीका लेखराज भट्ट लगायतका स्थानिय वासिन्दा अखण्ड सुदुरपश्चिमको पक्षमा छन। भने बिभिन्न दलका थारुसम्बद्ध भातृसंगठन र थारु नेताहरु अखण्ड सुदुरपश्चिमको विपक्षमा छन। उनीहरु कैलाली र कंचनपुर थारुवट राज्यमा हुनुपर्नेमा छन।

No comments: