News

May 2, 2012

संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टीको प्रेस बिज्ञाप्ती

संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टी, केन्द्रीय सचिवालयको बैठक यही मिति २०६९ साल बैशाख १९ गतेका दिन पार्टी अध्यक्ष कमल छाराहाङको अध्यक्षतामा सम्पन्न भएको छ । सो बैठकले राष्ट्रिय राजनीतिक परिस्थितिको ठोष विष्लेषण गर्दै राष्ट्रिय मुक्ति आन्दोलनलाई दिशानिर्देश गर्नका लागि निम्न बमोजिमका निर्णयहरु पारित गरेको व्यहोरा यस प्रेस विज्ञप्तिमार्फ सार्वजनिक गर्न चाहन्छौं । १. यस पार्टीबाट अर्को पार्टी पलायन भएका विभिन्न पदाधिकारी तथा विभागीय प्रमुखहरुको रिक्त स्थानमा निम्न बमोजिम पदपूर्ति गरिएको छ । 
 -१) संगठन विभाग प्रमुख : वृजमोहन चौधरी थारु 
 -२) प्रचार प्रसार विभाग प्रमुख : छिवाहाङ्ग र्राई खम्बू 
 -३) जनकल्याण विभाग प्रमुख : प्यारसिंह योञ्जन 
 -४) महिला विभाग प्रमुख : निरु गोले 
 -५) विदेश विभाग प्रमुख : समीर गुरुङ 
२. पार्टीको राजनीतिक गतिविधि नियमित र गतिशील राख्नका लागि केही राज्य परिषदको नेतृत्वमा परिवर्तन गर्नुपर्ने भएकोले तामाङसालिङ स्वायत्त राज्य परिषदको साविक संरचना विघटन गरिएको छ र राज्य अधिवेशन नभएसम्म केन्द्रीय सदस्य तथा जनकल्याण विभाग प्रमुख प्यारसिंह योञ्जनलाई संयोजकको जिम्मेवारी तोकिएको छ । 
 ३. थरुहट र तमुवानमा पार्टीको सांगठानिक क्रियाकलाप र गतिविधि बिस्तार गर्नका लागि दुवै राज्य परिषदका अध्यक्षहरु वृजमोहन थारु र खुशीमान गुरुङलाई जिम्मेवार बनाउने निर्णय गरिएको छ । 
 ४. पार्टीको संगठन बिस्तारलाई भरपर्दो र तीब्र बनाउँदै लानका लागि पार्टीको न्द्रदेखि तल्लो निकायसम्मका सम्पूर्ण संयन्त्रहरुलाई क्रमशः गाउँकेन्द्रित बनाउदै लाने निर्णय गरिएको छ । 
 ५. संविधानसभाबाट जारी हुने नेपालको भावि संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र र जातीय ऐतिहासिक पृष्ठभूमि र पहिचान (शासकीय भूगोल सहित)को राज्य पुनःसंरचना प्रत्याभूति गरी संविधान जारी गर्नुपर्ने हाम्रो पार्टी ठहर गर्दै माग गर्दछ र सो बमोजिम नभएमा यूगान्तकारी परिवर्तन ल्याउने आन्दोलन गर्ने निर्णय गरिएको छ । 
 ६. नेपालका वर्तमान सत्ताधारीहरु प्रतिगमनकारी, यथास्थितिवादी तथा प्रतिक्रियावादी चरित्रले ओतप्रोत भई आफ्नो पार्टी र जातिगत स्वार्थ अनुकुलका प्रावधानहरुमा केन्द्रित रहेर संविधान जारी गर्ने प्रपञ्च र षड्यन्त्रमा क्रियशील रहेकाले यूगौंदेखि राजनैतिक, आर्थिक, धार्मिक, सामाजिक, लैंगिक, भाषिक तथा साँस्कृतिक उत्पीडनमा पर्दैआएका नेपालका आदिवासी, जनजाति, मधेसी, मुस्लिम, महिला लगायतका जाति, वर्ग र समुदायका अधिकार सुनिश्चितताको पक्षमा संविधान जारी हुने सम्भावना नरहेकोले राष्ट्रिय मुक्ति आन्दोलनलाई एकाकार गर्नका लागि एजेण्डा र मुद्दा मिल्ने राजनैतिक पार्टी संगठनहरुसँग एकता, मोर्चा र सहकार्य गर्न यो बैठकले नीतिगत निर्णय पारित गरेको छ । 
 ७. यस पार्टी केन्द्रीय सदस्यद्वय पम्फा किराती र पाण्डव राईलाई विगत दुइ वर्ष देखि अनर्गल र कृत्रिम मुद्दा सिर्जना गरी जेलमा राखिएको छ । यस पार्टी समावेश भई शान्तिपूर्ण राजनीतिक अभ्यास थालनी गर्नु अगाडिको पृष्ठभूमिलाई जवर्जस्त जोडेर धरपकड र जेल चलान गरिनु न्यायसंगत नभएको यो बैठक ठहरगर्दै निजहरुलाई तत्काल रिहाई गरिनु पर्दछ भनि माग गर्दछ । निजहरुको रिहाईका लागि आवश्यक पहल गर्न कार्यवाहक महसचिव छविसुब्बा सङबाङफेको संयोजकत्वमा प्रतिनिधि टोली निर्माण गरिएको छ । आस्थाको बन्दी रिहाई गर्ने पार्टी आग्रह सरकारले सुनुवाई नगरेमा यसलाई आन्दोलनको अभिन्न अङ्ग बनाईने यो बैठकबाट सचेतना दिन चाहन्छौं । यसका साथै आगामी २०६९ बैशाख ३१ गते हुन गईरहेको एकीकृत लिम्बुवान स्वायत्त राज्य परिषदको लिम्बुवान बन्दको कार्यक्रमलाई पूर्णरुपमा सफल बनाउनका लागि पार्टी हाई कमाण्ड र सम्पूर्ण संयन्त्रहरु लिम्बुवान केन्द्रित हुने निर्णय गरिएको छ । 
 छविसुब्बा सङबाङफे
 का.वा.महासचिव केन्द्रीय कार्यसमिति 
संघीय अभिवाद !
 मिति २०६९ बैशाख २० गते

No comments: