News

Mar 4, 2011

हङकङ सरकारले नागरीकहरुलाई ६००० डलर दिने घोषणा

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ/पूर्ण लोक्सोम
बजेट भाषण भएको एक हप्ता पछि सरकार समर्थक सभासदहरुसँगको छलफल पश्चात अर्थ सचिव जोन ताङ्ग च्युनले १८ बर्ष नाघेका सम्पूर्ण नगरीकलाइ हङकङ डलर ६००० प्रदान गर्ने घोषणा गरेका छन भने ७५ प्रतिशत सम्म तलव कर छुट दिने घोषणा पनि गरेका छन । साठि लाख जनतामा जाने उक्त सुविघा रकमको रुपमा ३६ अरब र तलव कर छुट ४ अरव गरी ४० अरव डलरको हुनेछ । बजेट भाषणमा ब्यापक विरोध सहनु परेपछि पुनर्विचार गरिएको निति मा पनि ब्यापक टिका टिप्पणी जारी छ । गत साल पनि १०००० डलर भन्दा कम मासिक आयश्रोत भएकालाई ६००० डलर रकम वरावरको रकम सँचयकोषमा जम्मा गरीदिइएको भएतापनि यसरी सोझै जनतालाई राहत रकम वितरण गर्ने घोषणा गरीएको भने पहिलो पटक हो । मकाउ र सिँगापूरमा पनि यसरी जनतालाई सहुलियत स्वरुप सोझै रकम प्रदान गरीएता पनि अन्य मुलुकमा सो मुताविकको चलन रहेको छैन । सो राहत प्रतक्ष्य हेर्दा लोकप्रिय भएता पनि आगमी २०१२ मा हुने कार्यकरी प्रमुखको चुनावी प्रचारवाजी स्वरुप ल्याइएको त होइन भन्ने आशँका एकतिर उब्जिएकोछ भने अर्को तिर फाइदा स्वरुप वोनस वितरण गर्ने कम्पनीको रुपमा सरकार आएको आभाष पाइन्छ,अनि कतै सरकार योजना विहिन भएको त होर्इन भन्ने आशँका पनि उक्त घोषणाले पैदा गरेको छ । सो रकमको पूर्ण अँश सबैले खर्च गरेमा मुद्रा स्फीतीको सम्भावना रहने सथै करिव २ प्रतिशतले गृहस्त उत्पादनमा बुद्धि हुने दावी अर्थशास्त्रीहरुको रहेको छ ।उल्लेखनिय रुपमा वेराजवरी भत्ता र कम आय भएका जनतालाई सरकारी आवास समेतको सुविधा दिने हङ्गकङ्गको हालको बेरोजगारी सँख्या भने केवल ३.८ प्रतिशत रहेको छ । अन्तु्रास्टि्रय मुद्राकोशको रिपोर्ट अनुसार ४५२७७ डलर वार्षिक प्रतिव्यक्ति आम्दामी सहित विश्वको छैटो स्थानमा रहेको हङकङ,जापान,वेलायत,क्यानडा तथा युरोपका अधिकाँश राष्ट्रभन्दा अग्रस्थानमा रहेको छ । तथापि कम आय भएका अधिकाँश जनताका माझ सवालमा भने गम्भिर नभएको त होइन भन्ने आशँका पैदा भएको छ । सामान्यतया सरकारले निम्न आयभएकाहरुको हक र हितलार्इ सँरक्षण तथा सामुदायिक सुविधा लगायतका क्षेत्रमा सेवा बृद्धि गरे थप रचनात्मक हुने कुरा स्पष्ट छ । क्षेत्रका हिसावमा सवैभन्दा वढि अरवपतिहरु बस्ने हङकङमा सँसारका धनि मध्येका एक लिक सिङ्ग पनि सो ६००० डलर सुविदाको भगिदार बन्दैछन ।

No comments: