लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वरिष्ठ साहित्यकार एवं उपन्यासकार डायमन्ड शम्शेर राणाको हिन्दु परम्परा अनुसार आज पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको छ । स्वर्गीय राणाको पार्थिव शरीरलाई विशिष्ट व्यक्तिको दाहसंस्कार गर्ने स्थलमा उहाँका छोरो रघुशम्शेर राणाले दागबत्ती दिनुभएको थियो । अन्त्येष्टिका बेला उहाँका आफन्त, साहित्यकार, कलाकार र शुभेच्छुकको सहभागिता रहेको थियो । मृर्गौला, उच्च रक्तचाप, मधुमेहलगायतका रोगले पीडित राणाको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा ९३ वर्षको उमेरमा शुक्रबार साँझ पौने सात बजे निधन भएको हो ।
No comments:
Post a Comment