लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
फाल्गुन २१ - तीन वर्षभित्र मुलुकका सबै बासिन्दाका हातमा फोन सेवा पुग्ने दूरसञ्चार प्राधिकरणले उद्घोष गरेको छ । अहिलेकै दरमा आधारभूत तथा मोबाइल विस्तार भए तीन वर्षमा सम्भव हुने देखिएको हो । प्राधिकरणको १३औं वाषिर्कोत्सवको अवसरमा अध्यक्ष भेषराज कँडेलले भने, 'हालसम्म १ करोड ३० लाखले फोन प्रयोग गरिरहेका छन् ।' कुल जनसंख्याको झन्डै ३८ प्रतिशतमा फोन पुगेको छ । हालको दूरसञ्चार वृद्धिदर ४२ दशमलव ५ प्रतिशत छ । 'यस आधारमा तीन वर्षमा शत प्रतिशतमा फोन पहुँच पुग्नेछ,' उनले भने । प्राधिकरणको तथ्यांक अनुसार एक वर्षमा झन्डै दूरसञ्चार घनत्व ११ प्रतिशतले बढेको छ । गत मंसिरमा २६ प्रतिशतमा टेलिफोन सेवा रहेकामा यस मंसिरमा आइपुग्दा यो ३७ प्रतिशत नाघेको छ । अहिले ६ वटा भ्वाइस सेवा प्रदायक भएका र भ्वाइस ओभर ब्रोडब्यान्ड सेवा खुला गरिएको अवस्थामा अझ ३ सेवा प्रदायक थपिन सक्ने बताए । सेवा प्रदायक बीच सहज अन्तरआबद्धता उपलब्ध गराउन बेग्लै अन्तरआबद्धता सेवा प्रदायक आवश्यक भएको बताए ।
No comments:
Post a Comment