News

May 1, 2012

पश्चिम चितवनमा विद्युत् चुहावट गर्ने २७ जना पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
विद्युत् चुहावट नियन्त्रण अभियान अन्तर्गत नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र भरतपुरले आज पश्चिम चितवनका विभिन्न क्षेत्रमा छड्के जाँच गर्दा २७ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दिव्यनगर, शुक्रनगर, मेघौली लगायतका गाविसमा उपभोक्ता रहेको प्राधिकरणले जनाएको छ । निरीक्षणका क्रममा एउटा पानी तान्ने मोटर बरामद गरिएको छ । यससम्बन्धी थप विवरण आउन बाँकी रहेको प्राधिकरणले जनाएको छ ।

No comments: