News

May 3, 2012

प्रेस स्वतन्त्रता उल्लघंनका ९६ वटा घटना नेपालमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
 नेपालमा सन् २०११ मा प्रेस स्वतन्त्रता उल्लघंनका ९६ वटा घटना घटेका छन् । अन्तराष्ट्रिय प्रेस स्वतन्त्रता दिवसका अवसरमा फ्रिडम फोरमले सार्वजनिक गरेको प्रतिवेदनले यो तथ्यांक सार्वजनिक गरेको हो । फोरमले सन् २०११ मेदेखि २०१२ को अप्रिलसम्म भएका प्रेस स्वतन्त्रता उल्लंघनका घटनाहरुलाई समेटेर सो प्रतिवेदन सार्वजनिक गरेको हो । यो अवधिमा एक जना पत्रकारको हत्या भएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदनमा संचारकर्मीमाथि हातपातका १४ वटा घटना घटेको छ । यस्तै संचारकर्मीको ज्यान मार्ने धम्की १५, १५ वटा आक्रमणका धम्की, ५ वटा लुटपाटका घटना, ६ जना संचारकर्मीलाई कुटपीट र एक जना पत्रकारलाई बन्दी बनाइएको उल्लेख गरिएको छ । प्रेस स्वतन्त्रतामाथिको हनन अन्तर्गत ११ पत्रपत्रिका जलाइएको, १० वटा संचारमाध्यम तोडफोड गरिएको, नौ वटा संचारमाध्यममाथि आक्रमण र दुई वटा संचारमाध्यममा आगजनी गरिएको घटना प्रतिवेदमा उल्लेख गरिएको छ । अघिल्लो बर्ष प्रेस स्वतन्त्रता उल्लंघनका एक सय एक घटनाहरु घटेका थियो ।

No comments: