लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री डा बाबुराम भट्टराईले बन्द हड्ताल बन्द गरि वार्ताम सबै पक्षलाई आग्रह गर्नुभएको छ । विगत केही दिनदेखि विभिन्न माग राख्दै सुदूरपश्चिमाञ्चल क्षेत्रलगायतमा भइरहेको बन्द, हड्तालमा उत्रिएका संस्था तथा समूहलाई तत्काल आफ्ना बन्दका कार्यक्रम फिर्ता लिई सरकारसँग वार्तामा आउन आग्रह गर्नुभएको हो। प्रधानमन्त्री डा भट्टराईले एक विज्ञप्ति जारी गरेर नेपाली जनताको चाहनाअनुरुप सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माण गर्ने कार्य अन्तिम चरणमा पुगेको र शान्ति प्रक्रियाको अभिन्न अङ्गकारुपमा रहेको सेना समायोजनको काम सम्पन्न हुने स्थितिमा रहेकोले शान्तिपूर्ण वार्तामा आउन आग्रह गर्नुभएको हो। उहाँले संविधानसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरुको सहमतिमा राज्य पुनःसंरचना र सङ्घीय प्रदेशको सङ्ख्या निर्धारण गर्ने कार्य द्रूत गतिमा अघि बढिरहेको बेला यी सबै विषयलाई सम्बोधन गर्दै आगामी जेठ १४ गतेभित्र संविधानसभाबाट नयाँ नेपालको संविधान बनाउने कार्यमा संविधानसभालाई सरकारबाट आवश्यक सहयोग भइरहेको विज्ञप्तिमार्फत जनाउनु भएको छ।‘रधानमन्त्री डा भट्टराईद्वारा हस्ताक्षरित सो विज्ञप्तिमा सरकार तोकिएको समयभित्रै नयाँ संविधान जारी गर्न प्रतिवद्ध रहेको व्यहोरा उल्लेख गरिएको छ। विज्ञप्तिमा भनिएको छ–‘अखण्ड सुदूरपश्चिम, स्वायत्त थरुहट प्रदेश, मिथिला प्रदेशजस्ता विषयहरुलाई अघि सारेर विगत केही दिनदेखि सुदूरपश्चिमाञ्चल क्षेत्रलगायत विभिन्न क्षेत्रमा बन्द आह्वान गर्ने सुदूरपश्चिम एकता मञ्च, अखण्ड सुदूरपश्चिम क्षेत्र सङ्घर्ष समिति, क्षेत्री समाज, सुदूरपश्चिम जागरण मञ्च, संयूक्त लोकतान्त्रिक थारु मोर्चा, थारु संयूक्त सङ्घर्ष समिति, मिथिला राज्य सङ्घर्ष समिति आदि संस्थाहरुका मागप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको छ।’
No comments:
Post a Comment