लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आजै सानो आकारको भएपनि मन्त्रि मण्डल विस्तार गर्ने भएका छन् । त्यसका लागि प्रधानमन्त्रीले आज प्रमुख चार राजनीतिक दलहरुसँग छलफल गर्दैछन् । प्रधानमन्त्रीले कांग्रेस,एमाले र मधेशी मोर्चाबाट कम्तिमा पनि एक-एक जनालाई भएपनि आज मन्त्रिमण्डलमा ल्याउने र भोलि सम्ममा पूर्णता दिने गरी प्रयास गरिरहेको बुझिएको छ ।
पाँच बुँदे सहमतिमा हस्ताक्षर गरेका सबै दलले सत्ता भन्दा पनि संविधान निर्माण प्राथमिकता भएको भन्दै सानो मन्त्रिमण्डल बनाउन सहमति जनाएका छन् । माओवादी, कांग्रेस, एमाले, मधेसी मोर्चाबाट चार-चार र साना दलबाट चार गरी प्रधानमन्त्रीसहित २१ सदस्यीय मन्त्रिमण्डल गठन गर्ने सहमति भएको जनाइएको छ ।
No comments:
Post a Comment