News

May 2, 2012

मन्त्रि खेवाको उपस्थितिमा हङकङमा छलफल कार्यक्रम हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
हङकङ, ३० अप्रिल,अर्थ राज्य मन्त्रि हरिराज खेवा लिम्बु फिलिपन्समा हुने एडीवीको सम्मेलन सकिए पछि हङकङ आउने भएका छन् । लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा प्रवास समिति हङकङका वरिष्ठ सह–इन्चार्ज हरि पंधाक लिम्बुका अनुसार मन्त्रि खेवा हङकङमा ६ मे २०१२ का दिन विहान १० वजे ट्रान्जिटमा हङकङ आउने जानकारि गराएका छन् । मन्त्रि खेवा हङकङमा आए लगतै लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा प्रवास समिति हङकङको एक भेलालाई संवोधन गर्ने कार्यक्रम रहेको मोर्चाको अध्यक्ष एम. बी. थोप्राले स्थानिय संचार कर्मीहरुलाइ जानकारि गराएका छन । याउमातई स्थित हिन्सको कार्यालयमा आयोजना गरिएको कार्यक्रममा मन्त्रि खेवा प्रमुख अतिथि रहने वताएका छन । अध्यक्ष थोप्राका अनुसार मन्त्रिको उपस्थितिमा नेपालको वर्तमान राजनैतिक विषयलाइ लिएर “भेटघाट तथा सम–सामहिक विषको छलफल कार्यक्रम” आयोजना गरिएको वताएका छन । उनले छोटो समयको कार्यक्रम भए पनि यहाँको स्थानिय नेपालीलाइ नेपालको राजनैतिक अवस्था वारे जानकारी प्रदान गर्ने र प्रवास वासीको विचार मन्त्रि समक्ष राख्न सकिने वताए । संवैधानिक समितिको सदस्य समेत रहेका मन्त्रि खेवा संग नेपालको राज्य पुनर्संरचाना तथा संघियताको विषय, लिम्बुवान सुनिश्चितताको विषयलाइ लिएर कार्यक्रममा छलफल गरिने थोप्राले वताएका छन । मे ६ आइतवार विहान १०:३० वजे देखि दिउसो ०२:०० वजे सम्म छलफल कार्यक्रम हुने वताउदै उक्त कार्यक्रममा यहाँको स्थानिय संचार मार्फत संम्पुर्ण नेपालीलाइ उपस्थितिको लागि अध्यक्ष थोप्राले अपिल गरेका छन ।

No comments: