लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
हरेक पतिपत्नीबीच सानातिना कुरामा मनमुटाव र ठाकठुक सधै जसो भइरहेको हुन्छ । जसलाई हरेक दम्पतीले सरलता तथा स्वभाविक रुपमा लिने गर्दछ । हरेक दम्पती बिचमा कुनै कुनै कुरामा बेला मौका विवाद भइरहेको हुन्छ । तर यस किसिकको विवाद र मनमुटावलाई दम्पतीहरुले ख्याल गरेको हुँदैन । तर यस खाले मनमुटाव र विवादको हिसाबकिताब राख्ने हो भने एक बर्षमा दम्पतीबीच कतिचोटी ठाकठुक पर्ला अनुमान लगाउनु भएको छ । तपाईको अनुमानलाई हालै भएको एक अध्ययनले सहि साबित गर्नेछ । सो अनुसन्धानले बेलायतमा एक बर्षमा पतिपत्नीबीच अनेक बहानामा कम्तीमा पनि १६७ चोटि झगडा पर्ने गरेको तथ्य खुलाएको छ । बेलायतको सबैभन्दा ठूलो होटल ब्रान्डोमा गरिएको एउटा अध्ययनले यो कुरा बाहिर ल्याएको हो । सो अध्ययनमा ब्रिट्रेनका हरेक दश दम्पती हप्तामा दुईचोटी जीवनसाथीको घुर्ने बानीका कारण झगडा पर्ने देखिएको छ । डेली एक्सप्रेसका अनुसार दश प्रतिशत दम्पतीले पार्टनरको हल्लाखोरे स्वभाव र घुराइका कारण हरेक आफ्नो निद्रा बाधा पुगेको बताएका छन् । सोही कारणले गर्दा बेलायतमा दश प्रतिशत दम्पतीले आफ्नो सम्बन्ध विच्छेदको बारेमा समेत सोच्ने गरेको बताएका छन् । अधिकांश पत्नीहरुले यस्ता ठाकठुकको कारणमा बढी मात्रमा पतिको सामानहरु अव्यवस्थिति रुपमा राख्नु रहेको बताएका छन् ।
No comments:
Post a Comment