News

May 3, 2012

बैठकको बीचैमा शीर्ष नेताहरु बैठक स्थलबाट बाहिरिए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
 लिखित सहमति गर्ने भनिएको आजको प्रमुख तीन दल र मधेसी मोर्चाको बैठकको बीचैमा शीर्ष नेताहरु बैठक स्थलबाट बाहिरिएका छन्। उपप्रधानमन्त्री विजयकुमार गच्छदारले भने भोलिसम्ममा सहमति हुने संभावना रहेको बताए। शीर्ष नेताहरु सिंहदरबारमा बस्ने संवैधानिक परिषद्को बैठकमा सहभागी हुन निस्किएका हुन्। उनीहरु फेरि वार्ताका लागि फर्कने भनिएको छ। 
  एमाले वार्तामा कडा रुपमा प्रस्तुत हुन्छ : केपी ओली 
तीन प्रमुख दल र मधेसी मोर्चाबीच भइरहेको वार्ता स्थलमा प्रवेश गर्नुअघि एमाले नेता केपी ओलीले वार्तामा एमाले कडा रुपमा प्रस्तुत हुने निर्णय स्थायी समितिको बैठकले गरेको बताएका छन्। नयाँ बानेश्वरमा रहेका नागरिकन्युजकर्मी माधव ढुङ्गेलका अनुसार ओलीले बहुमतीय प्रक्रिया अनुसार बन्ने सरकारमा एमाले सहभागी नहुने बताएका छन्। 
  तीन प्रमुख दल र मधेसी मोर्चाबीच सहमतिका लागि वार्ता सुरु 
 नयाँ बानेश्वरस्थित संविधान सचिवालय भवनमा प्रमुख तीन दल र मधेसी मोर्चाबीच सहमति खोज्नका लागि वार्ता सुरु भएको छ। नागरिकन्युजकर्मी माधव ढुङ्गेलका अनुसार वार्तास्थलमा भर्खरै पार्टीको स्थायी समिति बैठक सकाएर एमाले अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल र भीम रावल प्रवेश गरेका छन्।

No comments: