लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वैशाख २१ - ब्लग, फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित र जिम्मेवार बनाउनुपर्ने धारणा विज्ञहरूले राखेका छन् । विश्व ब्लगर्स दिवसका अवसरमा राजधानीमा आयोजित एक कार्यक्रमका वक्ताले सामाजिक सञ्जालको प्रयोग बढ्दै गएको र त्यसको नकारात्मक पाटोबाट बच्न व्यवस्थित गर्न ध्यान पुर्याउनुपर्ने बताए । 'न्यु मिडियाका प्रयोगकर्ता स्वयं सजग हुनु जरुरी छ,' राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त विनयकुमार कसजूले भने । इक्वेल एक्सेस र मेरो रिपोर्टले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउँले, प्रेस काउन्सिलका पूर्वअध्यक्ष राजेन्द्र दाहाल, पत्रकार विनय गुरागाईं, विद्यार्थी नेता उर्मिला थपलियासहितले न्यु मिडियाको बढ्दो प्रयोग र तिनको प्रभावकारिताबारे बोलेका थिए ।
No comments:
Post a Comment