लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
धनगढी, वैशाख १९ - अखण्ड सुदूरपश्चिमको माग राख्दै आह्वान गरेको बन्द पाँचौं दिन पनि यथावत रहेपछि जवजिवन थप कष्टकर बनेको छ । मंगलवार बिहान धनगढीको क्याम्पस रोड देखी चटकपुर चौराहासम्म र्याली प्रर्दशन गरिएको थियो ।
प्रर्दशनमा माओवादी बाहेकका राजनीतिक कार्यकर्ता, बिद्यार्थी, डोटेली नागरिक समाज र ब्यापारी सहभागी थिए । राज्य पुर्नसंरचनामा माओवादीले ल्याएको दश प्रदेशको सुदूरपश्चिममा कैलाली र कञ्चनपुरलाई थारुवान–लुम्वनी प्रदेशमा प्रस्तावित गरिएपछि सुदूरपश्चिमेली समाजले आन्दोलन शुरु गरेको हो । दिनभर प्रदर्शनमा उत्रेका आन्दोलनकारीले मंगलवार पनि बजारमा रिक्सालाई समेत चल्न दिएका छैनन् । बजारको बिभिन्न चोकमा समुह समुहमा निस्कने प्रर्दशनकारीले रिक्सा र साईकलको हवा फुस्काई दिने गरेका छन् ।
No comments:
Post a Comment