News

Jun 1, 2012

बर्माकी प्रजातन्त्रवादी नेत्री सुकीले ओस्लोमा सम्बोधन गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
 ओस्लो- बर्माकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीले नर्वेको राजधानी ओस्लोमा नोबेल पुरस्कारसम्बन्धी विशेष समारोहमा सम्बोधन गर्ने भएकी छिन् । सुकी सन् १९९१ मा नोबेल शान्ति पुरस्कारबाट सम्मानित भएकी थिइन् । उनी हाल थाइल्याण्ड भ्रमणमा छिन् । उनले जुन १६ मा ओस्लोमा आयोजना हुने नोबेल शान्ति पुरस्कारसम्बन्धी समारोहलाई सम्बोधन गर्ने जानकारी नोबेल पुरस्कार समितिका प्रवक्ता सिग्रिड लाङबेरकले दिएका छन् । भ्रमणका क्रममा नेत्री सुकीले नर्वेका प्रधानमन्त्री जेन्स स्टोल्टसेनवर्ग तथा विदेशमन्त्री जोनास गाह्र स्टोरेसँग भेटवार्ता गर्ने पनि बताइएको छ ।

No comments: