News

Jun 6, 2012

नारायणगढमा गोली चल्यो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
चितवन, जेठ २४ -जानकारीविनै छापामार्न आएको राजश्व अनुसन्धान विभागका पदाधिकारीले घुस मागेको भन्दै नारायणगढका व्यवसायीहरु प्रदर्शनमा उत्रिँदा नारायणगढमा प्रहरीले गोली चलाएको छ। प्रदर्शनका क्रममा व्यवसायीहरुले प्रहरीमाथि ढुंगामुढा गर्न थालेपछि प्रहरीले सुरक्षाका लागि रबरको गोली प्रहार गरेको हो। तनावग्रस्त बनेपनि गोली भने कसैलाई लागेको छैन्। नारायणगढको लक्ष्मीनारायण वस्त्रालयका छापामार्न पुगेको राजस्व विभागका पदाधिकारी र व्यवसायीबीच विवाद भएपछि तनावको अवस्था आएको हो। जानकारी नै नदिई छापा मार्न आएको र उल्टै व्यावसायीसँग दशलाख घुस मागेको आरोप व्यवसायीले लगाएका छन्। विभागको छापाविरुद्ध नारायणगढका सडकमा उत्रिएर प्रदर्शन गरिरहेका व्यवसायीले प्रहरी बिट आगो लगाइदिएका छन्। शहिदचोक र पुल्चोक र लायन्सचोकमा व्यवसायीहरुले सडक अवरुद्ध गरी विरोध थालेपछि प्रहरीले रोक्न खोज्दा प्रहरी र व्यवसायीबीच झडप भएको थियो। व्यापारीहरुले आन्तरिक राजश्व कार्यालयको गाडी जलाएका छन्। त्यस्तै आगो निभाउन गएको वारुण यन्त्रसमेत तोडफोड गरेका छन्।

No comments: