लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
हिजोमात्र एकीकृत माओवादीबाट औपचारिक रुपमा अलग भएको मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी माओवादीको नयाँ पार्टी घोषणा सहितको पत्रकार सम्मेलन नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी छ ।
नेपाल प्रज्ञाप्रतिष्ठानको सभा सहलामा आयोजित पत्रकार सम्मेलनमा पार्टीका अध्यक्ष मोहन वैद्यले नयाँ पार्टी गठन भएको घोषणा गर्दै पत्रकारले सोधेका प्रश्नको जवाफ दिएका छन् । पत्रकार सम्मेलनमा वैद्यले माओवादीको दस वर्षे जनयुद्धको उपलब्धिलाई एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष बाबुराम भट्टराईले ध्वत पारेको समेत आरोप लगाएका छन् ।
पत्रकार सम्मेलनमा पत्रकारले सोधेका प्रश्नको जवाफ दिने क्रम जारी छ । पत्रकारले तपाईहरु फेरी प्रचण्ड पक्षसँग मिल्न जाने अवस्था छ कि छैन भनेर गरेको प्रश्नमा वैद्यले भने ‘हामी प्रचण्डसँग जाने होइन अब प्रचण्ड हामीसँग आउँनु पर्छ ।’ पत्रकार सम्मेलनमा वैद्य पक्षले डा.बाबुराम भट्टराई नेतृत्वको सरकार भारतमुखी भएको समेत आरोप लगाएको छ । वैद्यले विपा सम्झौता गरेर भट्टराईले राष्ट्रघाती काम गरेकोमा समेत रोष प्रकट गरेका छन् । त्यस्तै अर्को एक प्रशंगमा वैद्यले प्रचण्डले भारतको एक प्रतिष्ठित पत्रिकामा अन्तर्वाता दिने क्रममा भारतसँग हाम्रो घनिष्ठ सम्बन्ध भएको बताएका छन् भन्दै प्रचण्ड र बाबुराम कांग्रेस एमाले जस्तै भएको आरोप समेत लगाएका छन् ।
पत्रकार सम्मेलनमा पत्रकारको प्रश्नको उत्तर दिने क्रममा वैद्यले अबको राजनीतिक निकास गोलमेच सम्मेलनमात्र भएको र नयाँ संविधानसभाको निर्वाचन कुनै हालतमा पनि सम्भव नहुने र नस्वीकार्ने समेत बताएका छन् । वैद्यले नयाँ पार्टी बनाउँनुको लक्ष्यका सम्बन्धमा भने ‘यो अवस्थामा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता लगायको रक्षा र जनताको अधिकार रक्षाका लगि आन्दोलनमा जाने निर्णय लिएका हौँ ।’
वैद्यले नयाँ पर्टीको लक्ष्य जनक्रान्तिमा जाने नै रहेको समेत प्रष्ट पारेका छन् ।
No comments:
Post a Comment