News

Jun 2, 2012

बर्माकी प्रजातन्त्रवादी नेत्री सुकीद्वारा सहयोगको अपिल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
बर्माकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीले सुधारको बाटोमा हिडेको बर्मालाई आवश्यक सहयोग गर्न विश्व समुदायसँग अपिल गर्नभएको छ । थाईल्याण्डको बैंककमा विश्व आर्थिक मञ्चको सम्मेलनलाई सम्बोधन गर्दै सुकीले बर्माका लाखौं युवालाई रोजगारी सृजना गर्न ठूलो सहयोग चाहिएको बताउनुभयो । २४ वर्ष यता पहिलोपटक विदेश भ्रमणमा निस्कनुभएकी सुकीले आफ्नो भ्रमणको मूख्य उद्देश्य विश्व समुदायका लागि बर्मालाई खुला गर्नु हो भन्नुभयो । देशमा विदेशी लगानी भित्रिएपछि त्यसले भ्रष्टाचार र असमानतालाई उर्जा थप्ने काम गर्न नहुनेतर्फ पनि सुकीले विश्व समुदायलाई सचेत गराउनुभयो । बर्मामा लगानी बढाउन ईच्छुक लगानीकर्ता र दातृ समुदायलाई लक्षित गर्दै सुकीले बर्मेली शासकको चाहना भन्दापनि सामान्य बर्मेली जनताको जीवनस्तर उकास्ने परियोजनाहरुमा लगानी गर्न आह्वान गर्नुभयो ।

No comments: