News

Jun 4, 2012

भारतको राज्यसभामा क्रिकेटर सचिन तेन्दुलकर बने सांसद

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
२२ वर्षदेखि विश्व क्रिकेटरका रुपमा वर्चस्व कायम राखिराखेका भारतीय क्रिकेट खेलाडी सचिन तेन्दुलकरले आज भारतको राज्यसभा सांसदको लागि सपथ लिएका छन् । आज भारतको राज्यसभामा सांसद पदको सपथ सचिनले हिन्दी भाषामा लिए । भारतीय सञ्चार माध्ययमले सचिनले सपथ लिदाँ अत्तालिएको बताएका छन् । विश्वमा एक सफल क्रिकेट खेलाडीका रुपमा चर्चाकमाएका तेन्दुलकरले सांसद बनेर कस्तो चर्चा कमाउँने हुन त्यो भने ६ वर्षसम्म कुर्नु पर्ने भएको छ । कतिपय आलोचकले भने सचिनले संसद बनेर ठूलो गल्ती गरेको टिप्पणी गरेका छन् । भारतको राज्यसभामा सामाजिक क्षेत्रमा काम गर्नेलाई सम्मानका रुपमा संसदबनाउँने चलन रहेको भए पनि पहिलो पटक क्रिकेटर सचिनलाई सम्मानस्वरुप सांसद बनाइएको हो । आलोचकले भने सचिनले आगामी दिनमा राम्रो क्रिकेट खेल्न पनि नसक्ने र संसदको जिम्मेवारी समेत कुशलताका साथ निर्वाहा गर्न नसक्ने बताएका छन् ।

No comments: