News

Jun 7, 2012

फोरम लोकतान्त्रिकका ५ जना पूर्वसभासदहरुलाई कारबाही गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
पार्टीहित विपरीत क्रियाकलाप गरेको भन्दै मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले आफ्ना ५ जना पूर्वसभासदहरुलाई कारबाहीको तयारी गरेको छ । फोरम लोकतान्त्रिकले केहीदिनअघि मात्र नेता शरतसिंह भण्डारीलाई पार्टीको सदस्य समेत नरहनेगरी निस्कासन गरेको थियो । फोरम लोकतान्त्रिकका नेता रामजनम चौधरीका अनुसार पूर्व सभासदहरु निलम बर्मा, प्रमोद गुप्ता, रामानन्द मण्डल, कौसल यादव, सेउकीदास पतमालाई स्पष्टिकरण माग गरिएको पत्र आज पठाइने छ । अनुशासन समितिले पठाएको पत्र बुझ्न नमानेमा दैनिक पत्रिका मार्फत स्पष्टिकरण सोध्ने तयारी भएको नेता चौधरीले जानकारी दिनुभयो । पार्टीहित विपरित कार्यमा संलग्न भएकोभन्दै अर्का नेता ओमप्रकास यादव पनि कारबाहीको सूचीमा परेको फोरम लोकतान्त्रिक स्रोतले जनाएको छ ।

No comments: