News

Jun 6, 2012

विघटित संविधानसभाका पदाधिकारीको गाडी फिर्ता गर्न निर्देशन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
जेष्ठ २४ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संविधानसभा विघटन भइसकेकाले संसदका पदाधिकारी वा सभापतिको हैसियतमा राज्यका तर्फ उपलब्ध गराइएको गाडी सुविधा तत्काल फिर्ता गर्न संसद सचिवालयलाई निर्देशन दिएको छ । संविधानसभा विघटन भएपछि राज्यका तर्फबाट पाएको गाडी सुविधा २२ जना तत्कालीन पदाधिकारीले फिर्ता गरेको र १० जनाले फिर्ता गर्न बाँकी रहेको समाचार सार्वजनिक भएपछि अख्तियारले मंगलबार संसद सचिवालयलाई तत्काल फिर्ता गर्न लिखित निर्देशन दिएको हो । अख्तियारले विघटित संविधानसभाका पदाधिकारीले अनधिकृत रूपमा गाडी प्रयोग गरिरहेको पाइएमा तत्काल नियन्त्रणमा लिई संसद सचिवालयलाई बुझाइदिन र त्यसको जानकारी आफूलाई गराउन प्रहरी प्रधान कार्यालयलाई समेत निर्देशन दिएको छ । गाडी फिर्ता गर्न बाँकीमा कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल, मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव, एमाले संसदीय दलका तत्कालीन सचेतक भीम आचार्य, तत्कालीन संविधानसभा/संसदका विभिन्न समितिका तत्कालीन सभापतिहरू कुलबहादुर गुरुङ, यशोदा गुरुङ सुवेदी, रमेश रिजाल, सुशील कन्दङ्वा, पद्मलाल विश्वकर्मा, सन्ध्या देवी, विश्वेन्द्र पासवान छन् । पौडेल र यादवले विपक्षी दलको नेताको हैसियतमा गाडी सुविधा पाएका हुन् ।

No comments: