News

Jun 6, 2012

नेपाली फिल्ममा अर्धनग्न-अश्लील दृश्य नराख्न आग्रह

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
जेठ २२-पछिल्लोपटक नेपाली चलचित्रमा अश्लील दृश्य बढ्दै गएको भन्दै त्यसलाई रोक्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। चलचित्र लेखक तथा निर्देशक मनिष पन्तद्वारा लिखित 'जिन्दगानी दर्पणछायाँ' चलचित्र प्रदर्शनीको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा चलचित्र पत्रकार शान्ति प्रियले आफ्नो चलचित्रलाई लोकप्रिय बनाउन र चलाउने नाममा हदैसम्मको अश्लील दृश्य नराख्न चलचित्र लेखक, निर्माता र निर्देशकहरुसँग आग्रह गरेका हुन्। अधिकारकर्मी शङ्कर पाण्डेले पछिल्लोपटक चलचित्रको बजार खस्किँदै गएको हुँदा चलचित्रको बजारलाई उकास्नका लागि सबै सरोकारवाला एकजुट हुनुपर्ने भन्दै चलचित्र क्षेत्रलाई राज्यले गम्भीरतामा साथ नलिएको गुनासो गरे। 'जिन्दगानी दर्पणछायाँ'का लेखक मनिष पन्तले ग्रामीण भेगमा बसोवास गर्ने दर्शकहरुले नारायणहिटी दरबारको बारेमा चलचित्रमार्फत् हेर्न र बुझ्न सकुन् भन्ने उद्देश्यले सो चलचित्रको अधिकांश छायाङ्कन नारायणहिटी दरबारभित्र गरिएको जानकारी दिए। यही जेठ २६ गतेदेखि उपत्यकामा र असार ८ गतेदेखि उपत्यका बाहिर प्रदर्शन हुने 'जिन्दगानी दर्पणछायाँ' फिल्म नेपाली संस्कृति, पारिवारिक प्रेम कथामा आधारित भएको निर्माण पक्षले जानकारी दिएको छ।

No comments: