लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
विश्व शक्तिमानका रुपमा उदाउँदै गरेको उत्तर छिमेकी राष्ट्र चीनका तीन जना अन्तरिक्ष यात्रीहरू आज पृथ्वीको अन्तरिक्ष केन्द्रमा पहिलो पटक पुगेका छन् ।
दुई पुरुष तथा एक महिलाको यो अन्तरिक्षयात्रीको समूह तियागोङ–१ अन्तरिक्ष केन्द्रमा प्रवेश गरेका हुन् ।
चीनको राज्यद्वारा सञ्चालित टेलिभिजन सञ्जालले प्रत्यक्ष प्रसारण गरेको सो यात्रा पूरासँगै चीन पहिलो अन्तरिक्ष केन्द्रमा पुग्न सफलता हासिल भएको छ ।
अन्तरिक्ष पुग्ने यात्रीहरू शेन्झाउ–९ नामक अन्तरिक्षयानमार्फत त्यहाँ पुगेका हुन् । उक्त यान शनिबार पृथ्वीबाट प्रक्षेपण भएको थियो ।
No comments:
Post a Comment