News

Jun 3, 2012

आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दोस्रो राष्ट्रिय दिवस विभिन्न कार्यक्रमहरु साथ मनाइएको छ । दलित गैरसरकारी महासंघले आज राजधानीमा आयोजना गरेको अन्तक्रियाका सहभागीहरुले नेपाल छुवाछुत मुक्त राष्ट्र घोषणा भइसके पनि कार्यान्वयनमा कमजोरी देखिएको विचार राखेका छन् । छुवाछुत र भेदभाव उन्मुलन हुन नसक्नुमा राज्य जतिकै राजनीतिक दल पनि जिम्मेवार रहेको सहभागीहरुले बताएका छन् । कार्यक्रममा सहभागीहरुले जातीय छुवाछुत गर्नेहरुलाई राजनीतिक दलहरुले कार्यवाही गर्नुको साटो संरक्षण दिएको भन्दै आक्रोश पोखेका छन् । यस्तै गरी सो दिवसको अवसरमा नेपाल उत्पीडित जातीय मुक्ति समाज उपत्यका समन्वय समितिले आयोजना गरेको कार्यक्रममा सहभागीहरुले जातीय भेदभाव तथा छुवाछुत उन्मुलनको लागि परम्परावादी सोचमा परिवर्तन ल्याउनु पर्ने बताएका छन् ।

No comments: