News

Jun 7, 2012

जापानी महिला बलात्कार आरोपी नेपाली १५ वर्षपछि रिहा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
जेष्ठ २५ - जापानी महिलालाई बलात्कारपछि हत्या गरेको अभियोगमा जेल परेका नेपाली गोविन्द्रप्रसाद मैनाली १५ वर्षपछि बिहीबार अदालतको आदेशमा रिहा भएका छन् । टोकियोस्थित उच्च अदालतको आदेशमा मैनाली रिहा भएका हुन् । अदालतले मैनालीलाई निर्दोष सावित गर्दै मुक्त गर्ने फैसला गरेको विरोधमा परेको रिट खारेज भएको छ । सन् १९९७ मार्चमा ३९ वर्षीया यौनकर्मी महिलाको बलात्कारपछि हत्या अभियोगमा इलामका मैनाली थुनामा थिए । हत्या गरिएकी महिलाको बीर्य र रौंको डीएनए परीक्षण गर्दा मैनाली निर्दोष ठहरिएका थिए । योकोहामास्थित कारागारमा रहेका मैनाली रिहा भएपछि जापानमा रहेका नेपालीले खुशी साटेका छन् । अदालती सुनुवाई सुन्न मैनाली पत्नी राधा र दुई छोरी अदालत पुगेका थिए ।

No comments: