News

Jun 1, 2012

गधा र खच्चडको दंगाले गयो १५ को ज्यान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
 गधा र खच्चडको कारणले गर्दा जातीय दंगाको शुरुवात हुने कल्पना सायदै कसैले गर्लान् । तर यमनको एक आदिवासी प्रान्तमा यस्तै घटना भएको छ । यमनको दक्षिण पश्चिम आबा प्रान्तमा गधा र खच्चडले जन्माएको विवाद कारण चलेको गोलीले १५ जनाको मृत्यु भएको छ । गधा र खच्चडले गर्दा घटेको घटना पनि अनौठो रहेको छ । सायदै मानिसहरुले सुनेका होलान् कि एक जनावरले अर्को जनावरको बलात्कार गर्यो । यदि जनावरहरुले यस्तो गरिहाले पनि हाम्रो लागि सरोकारको कुनै विषयमा पर्न आउँदैन होला । तर यस्तै जनावरले गरेको बलात्कारले यमनको आदिवासी प्रान्तमा जातिय दंगा फैलिएको थियो । एक स्थानीय व्यक्तिले पालेको गधाले अर्को व्यक्तिले पालेको खच्चडलाई लखेटी लखेटी बलात्कार गरे पछि क्रोधित भएका खच्चड मालिकाले गधा मालिकसँग झगडा गर्न थाले । झगडाले निकै ठूलो रुप लिएपछि दुई पक्षबीच गोली हानाहान भएको थियो । सो गोली हानाहानमा १५ जना स्थानीय बासिन्दाले अकालै ज्यान गुमाएका थिए । सो घटनाले जातिय दंगाको रुपमा परिणत भई ती व्यक्तिहरुले अकालमा ज्यान गुमाएका हुन् । गधाका मालिक मकाबी समुदायका थिए भने खच्चडका मालिक अब्बास समुदायका थिए । यो दुई जनावारको विषयलाई लिएर स्थानिय दुई समुदायहरुको एक आपसमा झगडा गरेका थिए । हिंसाले ठूलै जातिय दंगाको रुप लिन थालेपछि स्थानीय प्रशासनले ठूलो संख्यामा प्रहरी परिचालन गरेर स्थितीलाई नियन्त्रणमा लिएका लिए । सो घटनामा प्रहरीले ८ जनालाई पक्राउ गरेका छन् ।

No comments: