News

Jun 6, 2012

जनजाति आन्दोलनका घाइते धनबहादुर थनेतको मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
नेपाल आदिवासी जनजाति महासंघ र थारु संयुक्त संघर्ष समितिले गरेको आन्दोलनका क्रममा नवलपरासीको डण्डामा प्रहरीको गोली लागि गम्भीर घाइते भएका धनबहादुर थनेत थारुको मंगलबार राति निधन भएको छ । थनैतको उपचारका क्रममा हिजो राति काठमाडौंको शिक्षण अस्पतालमा मृत्युभएको हो । नेपाल आदिवासी जनजाति महासङ्घ र थारु संयुक्त सङ्घर्ष समितिले संयुक्त रूपमा आह्वान गरेको आन्दोलनका क्रममा उहाँ घाइते हुनुभएको थियो । डन्डाबजारमा रहेको थारु सङ्ग्रालय जलाइएको विरोधमा भएको प्रदर्शनमा प्रहरीले गोली चलाएको थियो । घाइते थारुको उपचारका लागि सरकारले सबै खर्च बेहोर्ने र उहाँको थप उपचारका लागि दिल्ली पठाउने निर्णय गरिसकेको थियो । यसैबीच थारु संयुक्त सङ्घर्ष समितिले हिजो निधन भएका थारुलाई सहिद घोषणा गर्न र परिवारलाई राहत उपलब्ध गर्न सरकारसँग माग गरेको छ ।

No comments: