News

Jun 4, 2012

एमाले जनजाति नेताहरुले पार्टी विवाद मिलाउन दबाब

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
जेष्ठ २२ - संघीयतामा विमुख भएको भन्दै जनजाति नेताहरुले पार्टी छाड्ने धम्की दिइरहेकाबेला जनजाति जिल्ला अध्यक्षहरुले विवाद मिलाउन दबाब दिएका छन् । विवाद चर्कंदै गएकाबेला राजधानी आएका सात जिल्ला अध्यक्षहरुले केन्द्रीय नेतृत्वलाई भेटेर विवाद मिलाउन दबाब दिएका हुन् । 'यो परिस्थिति के हो ? माओवादीले आरोप लगाउँदा पनि पार्टीले किन 'डिफेन्स' गरेन भनेर कुरा राख्यौं,' पाँचथर एमाले अध्यक्ष गणेश काङबाङले भने, 'नेताहरुले मिलाउन प्रयत्नरत छौं भन्नुभएको छ ।' जनजाति जिल्ला अध्यक्षहरुले सोमबार एमाले अध्यक्ष झलनाथ खनाल, बरिष्ठ नेता माधवकुमार नेपाल, केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेलसँग भेटे । उनीहरुले असन्तुष्ट उपाध्यक्ष अशोककुमार राईलाई भेटेका छन् भने रामचन्द्र झा, पृथ्वि सुब्बा गुरुङ र विजय सुब्बालाई भेट्दैछन् । काङबाङले आफूहरु पार्टीका कार्यकर्ता भएकाले पार्टी निर्णय मान्ने बताए । 'पार्टीमा बसेपछि पार्टी निर्णय मान्दैनौं भन्नुभएन,' उनले भने, 'नेताहरुले पनि मिडियामाभन्दा घर झगडा भित्रै मिलाउनुपर्थ्यो ।' नेतृत्वलाई दबाब दिन भोजपुर अध्यक्ष शेरधन राई, दोलखा अध्यक्ष पार्वत गुरुङ, धनकुटा अध्यक्ष राजेन्द्र राई, ओखलढुंगा अध्यक्ष यज्ञराज सुनुवार, पाँचथर अध्यक्ष गणेश काङबाङलगायत राजधानी आएका छन् ।

No comments: