News

Jun 1, 2012

विशिष्ट व्यक्तिलाई सुरक्षा खतराको मूल्याङ्कन हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
 जेठ १९सर्वोच्चका न्यायाधीश रणबहादुर बमको हिजो दिनदहाडै गोली हानी हत्या भएसँगै केन्द्रीय सुरक्षा समितिले विशिष्ट व्यक्तिहरुलाई समेत सुरक्षा खतरा हुनसक्ने भन्दै सुरक्षा व्यवस्था मिलाएको छ। त्यसका लागि बैठकले सुरक्षा व्यवस्थापन निर्देशिकालाई परिमार्जन गर्न कार्यदल गठन गरेको छ। गृह मन्त्रालयका सहसचिव शंकरप्रसाद कोइरालाको संयोजकत्वमा कार्यदल गठन गरिएको हो। बैठकले न्यायाधीशहरुलाई थप सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएको छ। गृह सचिवको अध्यक्षतामा बस्ने बैठकमा गृह मन्त्रालय अन्तर्गत रहेका तीनै सुरक्षा निकाय नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख रहने गर्छ। बैठकमा रक्षा मन्त्रालय अन्तर्गत रहने सेनाको प्रतिनिधि पनि रहने गर्छ। गृह मन्त्रालय अन्तर्गतको शान्ति सुरक्षा महाशाखा प्रमुख पनि रहने समितिको बैठक प्रत्येक शुक्रबार नियमित बस्ने गर्छ।

No comments: