News

Jun 4, 2012

बेलायती महारानीले गद्दी सम्हालेको ६० बर्ष पुरा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
बेलायती महारानी एलिजाबेथले गद्दी सम्हालेको ६० बर्ष पुगेको अवसरमा बेलायतभर बिभिन्न कार्यक्रम गरिएको छ । बेलायतको चर्तित नदी टेम्समा विशेष रुपले सजाइएको पानीजहाजमा सवार भएर महारानी एलिजावेथले बेलायती जनताको सत्कार ग्रहण गर्नुभयो । हिरक महोत्सवको अवसरमा टेम्स नदीमा पानीको बहाव समेत कम गरिएको दृष्य हेर्न पुगेको सर्वसाधारण निकै उत्साहित थिए । हिरक महोत्सवका लागि मात्रै एक करोड पाउण्ड खर्च गरिने जनाइएको छ । बेलायतका विभिन्न संघ संस्था र ब्यक्तिहरुले हिरक महोत्सव मनाउनका लागि रकम जम्मा गरेका हुन् । टेम्स नदीमा पानी जहाजमा सवार भएर सर्वसाधारणको सत्कार ग्रहण गरे लगत्तै महारानी एलिजाबेथ दरबारमा पुगेर दीप प्रज्वलन गरेपछि बेलायतभर आतिसबासी गरिएको थियो ।

No comments: