News

Jun 2, 2012

अर्थमन्त्रीको कार्यक्रममा बम पड्क्यो, तीन पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 

सिन्धुपाल्चोक, जेष्ठ २० - अर्थमन्त्री वर्षमान पुन सहभागी सिन्धुपाल्चोकको जलबिरेमा आयोजित माओवादी सभामा आज मध्याह्न सकेट बम विष्फोट भएको छ । विष्फोटबाट स्थानीय आनन्द उच्च माध्यिमिक विद्यालको दक्षिण पश्चिम प्रवेशद्वारमा सामान्य क्षति पुगेको छ । प्रहरीका अनुसार कार्यक्रम स्थलबाट करिब ६० मिटर टाढा विद्यालयको मूलद्वारमा २ जनाले बम राखेर हिँडेको केही छिनमै विष्फोट भएको थियो । प्रहरी नायव उपरीक्षक वसन्तकुमार लामाका अनुसार ३ जनालाई नियन्त्रणमा लएर सोधपुछ भइरहेको छ । यसैगरी अर्थमन्त्री वर्षमान पुनले सोही कार्यक्रममा बोल्दै मुलुकमा जातीय पहिचानसहितको संघीय राज्य स्थापनाका लागि माओवादीले निर्वाचनमा जाने घोषणा गरेको बताएका छन् । आफूलाई लोकतान्त्रिक पार्टीका दाबी गर्ने कांग्रेस र एमाले निर्वाचनमा जान डराएको आरोप लगाए । कार्यक्रममा माओवादी पोलिटब्युरो सदस्य अग्नीप्रसाद सापकोटाले अब जनताकाबीचमा पूर्व लडाकु, कमाण्डर र वाईसीएलसमेत चुनावमा सहभागी हुने भएकाले कार्यकर्तालाई ढुक्क भएर क्रियाशील हुन निर्देशन दिएका छन् ।

No comments: