लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा मञ्चसम्वद्ध संघीय लिम्बुवान राज्य परिषदका अध्यक्ष कुमार लिङ्देन युरोप भ्रमणमा निस्किएका छन् ।
लिम्बुवान प्रवास शाखा कार्य समिति बेलायतको निमन्त्रणामा सोमबार लिङ्देन युरोप भ्रमणमा निस्किएका हुन । उनका साथ, मञ्चसम्वद्ध संघीय लिम्बुवान राज्य परिषदका केन्द्रीय सदस्य तथा उपत्यका समितिका अध्यक्ष शिवकुमार पाङ्गेनहाङ लिम्बू समेत गएका छन् ।
यूकेको राजनीतिक भ्रमणमा जानुभन्दा अगाडि असार १० गते एक प्रेस विज्ञप्ति जारी गर्दै आफू यूकेको राजनीतिक भ्रमणमा जान लागेको र संघीय लिम्बुवान आन्दोनलको विश्वव्यापी सञ्जाल निर्माण गर्ने मुख्य मिशन रहेको जनाका छन् । उनले यूके भ्रमणको क्रममा संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल अन्तर्गत ऐतिहासिक पृष्ठभूमिको आधारमा अरुणपूर्व ९ जिल्ला लिम्बुवान आन्दोलनको सम्भावना र चुनौतीबारे विभिन्न ठाउँमा बहस, अन्तरक्रिया र मन्तव्यहरू राख्ने कार्यक्रम रहेको छ ।
No comments:
Post a Comment