News

Jun 1, 2012

हङकङमा दुर्लभ हिरा १ करोड ७४ लाख अमेरिकी डलरमा बिक्री

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
 हङकङमा एउटा दुर्लभ हिरा १ करोड ७४ लाख अमेरिकी डलरमा बिक्री भएको छ । लिलामीमा राखिएको मार्टिएन नामको गुलाबी रंङको प्रख्यात उक्त हिरा एक अज्ञात ब्यक्तिले टेलिफोनमार्फत बोलकबोल गरी खरिद गरेका हुन् । १२ कैरेटको यो हिरा सन् १९७६ मा अमेरिकी सुनार हैरी विन्स्टनले क्रिस्टी नामका अमेरिकी नागरिकलाई बेचेका थिए । हिरा खरिद गर्ने अमेरिकी नागरिक भएको र उनले यो हिरा हङकङमा नै बिक्री गर्र्ने बताएका छन् । हिराका पारखीहरुको संख्या अरु देशको तुलनामा हङकङमा धेरै रहेकाले खरिद मूल्यभन्दा एक तिहाई बढीमा बिक्री गर्ने बताएका छन् । यही हिरा बेलायतकी महारानी एलिजाबेथ द्वितीयासँग पनि रहेको छ । सन् १९४७ मा बिबाहका अवसरमा एलिजाबेथलाई यो हिरा दिइएको थियो ।

No comments: