लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भारतमा आज भएको माओवादी र सुरक्षाकर्मीबीचको भिडन्तमा परी १७ जना माओवादीको मृत्यु भएको छ ।
मध्य भारतको छत्तीसगढ प्रदेशमा भएको सो दोहोरो भिडन्तमा कम्तिमा पनि १७ माओावदी मारिएको सुरक्षा फौजले जनाएको छ ।
छत्तीसगढ प्रदेशको राजधानी राइपुरबाट करिब २९५ किलोमीटर पश्चिममा पर्ने बस्तार क्षेत्रमा रहेको निकै घना जङ्गलमा भारतीय प्रहरीसँग माओवादी सशस्त्र लडाकुको भिडन्त भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
भिडन्तमा सुरक्षाफौजतर्फ के कतिको ज्यान गएको भन्ने उल्लेख नगरिएपनि ६ जना सुरक्षाकर्मी घाइते भएको बताइएको छ ।
गत महिना सोही क्षेत्रमा माओवादीले सो प्रदेशका छ जना प्रहरी अधिकारीको विद्युतीय धरापमा पारी हत्या गरेका थिए ।
No comments:
Post a Comment