News

May 1, 2008

नया सरकार निर्माण पछि मात्रै संविधानस संशोधन

लिम्वूवान डट व्लगस्पोट डटकम,कठमाडौं
नेकपा माओवादीका वरिष्ठ नेता सीपी गजुरेलले नयाँ सरकार निर्माण अघि अन्त्रिम संविधान संशोधन गरिन नहुने बताउनुभएको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा उहाँले संविधान संशोधनमा लाग्दा गणतन्त्र कार्यान्वयनमा ढिलाईहुने भएकोले नयाँ सरकारको निर्माण पछि मात्रै संविधान संशोधन गरिनुपर्ने धारणा राख्नुभयो । अन्तरिम संविधानमा जटिलता रहेकोले संविधान संशोधन गरिनुपर्ने भनँइ आइरहेको बेला माओवादी वरिष्ठ नेताको यस्तो भनाइ आएको हो । गजुरेलले राजालाई नारायणहिटी छाड्न एक साताअघि सन्देश पठाइसकिएको जानकारीसमेत दिनुभयो । उहाँले राजालाई नारायणहिटीबाट निर्मल निवासमा जतिसक्दो चाँडो र्सार्न माओवादी सक्रिय रहेको पनि बतउानुभयो उहाँले गिरिजाप्रसाद कोइरालाले अहिले प्रयोग गरिरहेको प्रधानमन्त्री र राष्टाध्याक्ष्को अधिकार एकैजनाले प्रयोग गर्ने प्रणालीको पक्षमा माओवादीरहेको बताउनुभयो । नेपभाल भारत सम्बन्धबारे हालै सम्पन्न पटना सम्मेलनका सहभागीसमेत रहनुभएका गजेरेलले १९५० को सन्धि खारेज गरी नयाँ सन्धिनगर्नुपर्ने बतउानुभयो । छिमेकी मुलुकसँग समुदुरीको सम्बन्ध स्थापित गर्ने स्पष्ट नीति प्रष्ट पारेको उहाँको भनँइ थियो ।

No comments: