News

May 1, 2008

१९५० को सन्धी पुनरावलोकन गर्नुपर्ने - सिताराम यचुरी

लिम्वूवान डट व्लगस्पोट डटकम,कठमाडौं
नेपाल भ्रमणमा आएका भारतीय कम्युनिष्ट पार्टी मार्कसवादीका वरिष्ठ नेता सिताराम यचुरीले सन् १९५० को नेपाल भारत सन्धी पुनरावलोकन हुनुपर्ने पक्षमा आफू र आफ्नो दल रहेको बताएका छन् ।
भारतीय कम्युनिष्ट पार्टी मार्कसवादीका पोलिटब्यूरो सदस्य सिताराम यचुरीले नेपाल र भारतबीचको सन् १९५० को सन्धी पुनरावलोकन गर्नुपर्ने बताएका छन् । नेपालको दुई दिने भ्रमणका लागि बैशाख १९ गते राजधानी आएपछि याचुरीले आफ्नो दल २०४६ को आन्दोलनपछिदेखि नै सन्धी पुनरावलोकनको पक्षमा रहेको उल्लेख गरे । '६० वर्ष पुरानो सन्धी उस्तै रहनु ठिक पनि होइन' यचुरीको भनाइ थियो ।
नेपालमा पटक पटक आइरहने थोरै भारतीय राजनीतिक नेतामध्येका एक यचुरीले आफू प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला तथा माओवादी र एमाले नेताहरुको निमन्त्रणामा नेपाल आएको जानकारी दिए । नेपालको सरकार गठन आफ्नो भ्रमणको एजेण्डा नरहेको यचुरीको दावी थियो । यचुरीका अनुसार, प्रधानमन्त्री तथा माओवादी र एमाले नेताहरुलाई भेटेर उनी बैशाख २० गते नै भारत फर्कनेछन् ।

No comments: