News

May 1, 2008

राजालाई नारायणहिटी छाड्न माओवादी 'सन्देश'

लिम्वूवान डट व्लगस्पोट डटकम,कठमाडौं
माओवादीले नारायणहिटी रहेका निलम्बित राजा ज्ञानेन्द्रलाई नारायणहिटी छाड्न एक हप्ता अघि नै सन्देश पठाएको खुलाशा भएको छ ।सार्वजनिक कार्यक्रममार्फत् राजालाई नारायणहिटी छाड्न चेतावनी दिइरहेका माओवादी नेताहरुले सूत्रहरुमार्फत् नारायणहिटी त्याग गर्न गोप्यरुपले सूचना पठाइसकेका रहेछन् । यो कुराको खुलाशा गरेका बरिष्ठ माओवादी नेता सीपी गजुरेलले बुधवार आयोजित एक कार्यक्रममा भने- 'सन्देशलाई बेवास्ता गरिए हामी कडा कदम चाल्न बाध्य हुनेछौं ।'माओवादीले निलम्बित राजालाई चेतावनी दिइरहँदा नेपाल-भारतका अतिवादी हिन्दूहरुले भने माओवादीलाई चुनौति िदंदै राजतन्त्र राख्नका सशस्त्र संघर्ष गर्ने चेतावनी दिएका छन् । तर माओवादी नेता गजुरेलले सशस्त्र संघर्ष गर्ने कट्टर हिन्दुवादीहरुको चेतावनी हास्यास्पद भएको बताएका छन् । रिपोटस्र क्लवले बुधवार आयोजना गरेको साक्षात्कार कार्यक्रममा भने- 'जोगीहरुले राजा राख्न र माओवादी लखेट्न चिम्टा र त्रिशुल लिएर आउंछु भन्दैमा माओवादी तर्सने छैन । हामी यस्ता हल्का खालका चेतावनीको पर्वाह गर्दैनौं ।'

No comments: