News

May 2, 2008

फोरमले समानुपातिकतर्फको अन्तिम सूची निर्वाचन आयोगमा नाम बुझायो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौँ
समानुपातिकबाट संविधानसभामा आफ्नो दलले पाएको २२ सीटका लागि मधेशी जनअधिकार फोरमले निर्वाचन आयोगमा नामहरु बुझाएको छ । संविधानसभा चुनावबाट मुलुकको चौथो ठूलो दल बनेको मधेशी जनअधिकार फोरमले समानुपातिकतर्फको अन्तिम सूची निर्वाचन आयोगमा बुझाएको छ । फोरमले समानुपातिकबाट २२ जनालाई संविधानसभासद बनाउन पुग्ने मत संविधानसभा चुनावबाट पाएको छ ।
निर्वाचन आयोगमा फोरमले बुझाएका नामहरु यस प्रकार छन् ।
सन्ध्यादेवी, निलम बर्मा, ललितदेवी साह, कलावतिदेवी दुसाध, सुरिताकुमारी साह, रम्भादेवी, आशादेवी सरदार, सलमा खातुन मिक्रानी, दुर्गादेवी महतो, सेवकिदेवी दाश, सवितादेवी यादव, रामजनम चौधरी, नन्दकुमार दत्त, शिवनारायण उराव, आत्मारामप्रसाद साह, तिलक रावल, श्रवणकुमार अग्रवाल, मधुसुधन अग्रवाल, रामसहाय यादव, चन्द्रीकाप्रसाद यादव, बिश्वनाथप्रसाद यादव र रामचन्द्रप्रसाद राय छन् ।

No comments: