News

May 2, 2008

समलिङ्गीहरुकोसमेत प्रतिनिधित्व हुने संविधानसभामा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौँ
संविधानसभामा तेश्रो लिङ्गीको रुपमा चिनिएका समलिङ्गीहरुकोसमेत प्रतिनिधित्व हुने भएको छ । सुनसरी, नबलपरासीलगायतका जिल्लामा उम्मेदवारी दिएका समलिङ्गी उम्मेदवारहरुले विजय हासिल गर्न नसकेपनि उनीहरुकोपनि हक, अधिकार सुनिश्चित गराउन नेकपा संयुक्त ले आफ्नो कोटाबाट उनीहरुलाई संविधान सभामा लैजाने भएको छ।समलिङ्गीहरुको हक अधिकारकालागि संघर्षरत 'ब्ल्यू डायमण्ड सोसाइटी' का संस्थापक अध्यक्ष सुनिलबाबु पन्तको नाम नेकपा संयुक्त ले निर्वाचन आयोगमा प्रस्तुत गरेको छ । समानुपातिकका ५ सिट जितेको सो पार्टीले समानुपातिकको बन्द सूचिमा उनको नाम राखेको थियो । समलिङ्गीहरुलेपनि अन्य लिङ्गीले झैं नागरिकता लगायतका अधिकारको माग गर्दै पन्तले कानूनी र व्यवहारिक लडाईं लड्दै आएका छन् । उनको अगुवाईमा समान अधिकारकालागि सर्बोच्च अदालतमा दायर गरिएको मुद्धामा सोसाइटीले सफलता प्राप्त गरेको थियो । नेकपा संयुक्तले उनको अलवा अन्य ४ जनाको नाम आयोगमा बुझाइसकेको छ ।

No comments: