News

Apr 14, 2010

आक्रमणबाट घाइते एमाले कार्यकर्ताको मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१४ अप्रिल, २०१०,एक समूहको आक्रमणमा परि घाइते भएका बाँकेका एक एमाले कार्यकर्ताको उपचारको क्रममा मृत्यु भएको छ । सोमबार राती भएको आक्रमणबाट सल्मानीसहित नौ जना घाइते भएका थिए । आक्रमणमा काँग्रेस कार्यकर्ताहरु संलग्न रहेको एमालेले जनाएको छ । प्राप्त समाचार अनुसार जिल्लाको बेतहनीस्थित नौलीगाँडी गाउँमा सोमबार राती एक समूहको आक्रमणमा परि गम्भीर घाइते भएका एमाले कार्यकर्ता गुलाम हुसेन सल्मानीको उपचारको क्रममा मृत्यु भएको हो ।
टाउकोमा गम्भीर चोटपटक लागेका ५० बर्षीय सल्मानीको नेपालगञ्जस्थित भेरी अञ्चल अस्पताल र शिक्षण अस्पतालमा उपचार हुन नसकेपछि भारतको लखनउ रेफर गरिएको थियो । लखनउ पुर्‍याउने क्रममा मंगलबार राती उनको मृत्यु भएको बताइएको छ ।एमालेले हत्याको विरोधमा आज दिउँसो नेपालगञ्जमा सल्मानीको शवयात्रा निकालेको छ ।
उपभोक्ता समितिको नेतृत्वबारे काँग्रेस र अन्य दलका स्थानीय नेताहरुबीच कुरा बाझिएपछि गत शनिबार ढुंगा हानाहान भएको थियो । सोही कारण सोमबार काँग्रेस कार्यकर्ताहरुले एमाले कार्यकर्ताहरुमाथि आक्रमण गरेको एमाले, बाँकेले जनाएको छ ।

No comments: