News

Apr 13, 2010

मृगौला पीडित यासेली योङहाङलाई आर्थिक सहयोग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मृगौला पीडित लिम्बू तथा नेपाली भाषा, लिपी, धर्म, साहित्य तथा कलाको संरक्षण, सम्वर्द्धनको लागि समर्पित युवा गायक, गीतकार, नाटककार, कवि तथा कलाकार यासेली योङहाङको जीवन रक्षाको कामना गदैं हङकङवासी नेपालीहरुबाट संकलन भएको एक लाख तीरासीहजार सातसय (१८३७००) रुपया किरात याक्थुङ चुम्लुङ हङकङले गत आईतबार नेपाल स्थित किरात याक्थुङ चुम्लुङ नेपाल मार्फत पीडित योङहाङलाई पठाएकोछ । उक्त रकम प्राप्त हुनासाथ पीडित योङहाङले र्इमेल मार्फत मेरो जीवन रक्षाको निम्ति सहयोग गर्नुहुने सम्पूर्ण महानुभानवहरुमा आभार तथा धन्यवाद ब्यक्त गर्दछु । तपाईहरुको सद्भाव, सहयोग र मायाँले केहि विसेक भएको महसुस गरेकोछु । त्यति टाढाबाट मलाई माया गरेर पठार्इ दिनु भएको रकमले चाडै उपचार गरी नव जीवन प्राप्त गर्नेछु, र लिम्बू तथा नेपाली कला साहित्यमा आजीवन समर्पित रहने समेत प्रतिवद्धता गर्दछु । र्इमेलमा लेखेकाछन् । पीडित यासेली योङहाङको जीवन रक्षाको लागि अमेरिका, बेलायत, यूएर्इ लगायतका देशहरुमा पनि त्यहाका नेपालीहरुले आर्थिक संकलन गरिरहेकाछन् । हङकङवासीहरुका लागि किरात याक्थुङ चुम्लुङ हङकङले निरन्तर आर्थिक संकलन गरिरहेकोले र्इच्छुक महानुभावहरुले किरात याक्थुङ चुम्लुङ हङकङ संग सर्म्पक गरी मृगौला पीडित योङहाङलाई आर्थिक सहयोग गर्न सकिने कुरा किरात याक्थुङ चुम्लुङ हङकङका अध्यक्ष निर प्रसाद लिम्बूले बताए । स्मरण रहोस यासेली योङहाङको २०६१ सालमा पहिलो तथा २०६३ सालमा दोस्रो शल्यकृया असफल भएको थियो । उक्त कारणले गर्दा शारीरिक तथा मानसिक रुपमा विक्षिप्त भएर कयौं पल्ट आफूले आफूलाई माया मारिसकेका थिए । तर आज पूनः बाच्ने आशा पालेकाछन् । केहि गर्ने अठोट गरेकाछन् ।

No comments: