News

Apr 16, 2010

अनिश्चितकालीन आमहड्तालको घोषणा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१६ अप्रिल, २०१०,मध्यपश्चिम विश्वविद्यालय संघर्ष समितिले आज सुर्खेतमा विश्वविद्यालय स्थापना गर्नुपर्ने माग गर्दै आज तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ । प्राप्त समाचार अनुसार घोषित आन्दोलनका कार्यक्रम अनुसार यही बैशाख १४ गतेदेखि अनिश्चितकालीन आमहड्ताल लगायतका रहेका छन् । व्यवस्थापिका संसदमा दर्ता भईसकेको मध्यपश्चिमाञ्चल विश्वविद्यालयसम्बन्धी विधेयक फिर्ता लिने सरकारको निर्णय खारेज हुनुपर्ने लगायतका माग राख्दै पहिलो र दोस्रो चरणको आन्दोलन पूरा गरेको समितिले आज तेस्रो चरणको आन्दोलन घोषणा गरेको हो ।
आन्दोलनका कार्यक्रम अर्न्तर्गत आज बेलुका ५ बजे बीरेन्द्रनगरको महेन्द्रगढी चोकबाट मसाल जुलुस निकाल्ने, ५ र ६ गते सुर्खेतमा रहेका सम्पूर्ण शिक्षणसंस्था बन्द गर्ने, ७ र ८ गते उद्योग व्यापार बन्द गर्ने, ९ र १० गते जिल्लाभरका सरकारी तथा गैरसरकारी संघसंस्था बन्द गर्ने लगायतका रहेका छन् । यस्तै ११ र १२ गते जिल्लाभर सम्पूर्ण सवारी साधन बन्द गर्ने कार्यक्रम पनि घोषणा गरिएको छ ।

No comments: